शनिबार थपिए ८४३ जना कोरोना संक्रमित, पाँच जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर ५ हजार ५ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार३ सय ३३ पीसीआर परीक्षण गरिएको छ भने ६ सय ७१ एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्