सहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो। तर , सीसीएमसीले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गर्ने छ। पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको थियो।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्