प्रदेश २ मा ६९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम – प्रदेश २ मा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ६४ पुगेको स्थास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिए।

पर्सामा शनिबार सबैभन्दा बढी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रौतहटमा ८, धनुषामा ४, बारामा ४, महोत्तरीमा २ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै यस प्रदेशका कोरोना सक्रिय संक्रमितको संख्या ३ सय ५३ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।

हाल पर्सामा २ सय १९, बारामा ४८, धनुषामा ४०, महोत्तरीमा १७, रौतहटमा १५, सिरहामा ८, सप्तरी र सर्लाहीमा ३–३ जना कोरोनाको सक्रिय संक्रमित छन्।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्