उपाधि होडमा रहेको पिएसजीको संघर्षपूर्ण जित

फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग अन्तर्गत आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले सेन्ट इतिएनेलाई ३–२ ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका हुन् ।
पिएसजीका लागि केलियन एमबाप्पेले ७९ र ८७ औँ मिनेटमा गोल गरे । उनले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् ।
सेन्टका लागि बोउएन्गाले ७८ औँ मिनेटमा गोल गरेका थिए । इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा सेन्टका लागि हामोउमाले बराबरी गोल गरे ।
९५ औँ मिनेट अर्थात इन्जुरी समयको पाँचौँ मिनेटमा आइकार्डीले गोल गरि पिएसजीको जित निश्चित गरेका हुन् ।
जितपछि दोस्रो स्थानको पिएसजीको ३३ खेलबाट ६९ अंक भएको छ । शीर्ष स्थानको लिलेको समान खेलबाट ७० अंक छ ।