उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न

जनकपुरधाम – आस्थाको पर्व चैते छठ सम्पन्न भएको छ। आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न भएको हाे।

छठ ब्रतालुहरुले आज बिहान जनकपुरधामसहित तराई मधेसमा रहेको नदी, पोखरी तथा तलाउमा सूर्यलाई अर्घ्य दिएका छन्।

गत वर्ष कोरोना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पोखरीमा छठ मनाउन रोक लगाएपछि आ–आफ्नो घरमै व्रतालुले छठ पर्व मनाएका थिए।

तर, यस वर्ष भने पोखरीमै छठ पर्व मनाइएको छ। जनकपुरधाममा मनाइने छठ पर्व नेपालमै प्रसिद्ध रहेको छ। त्यसका लागि केही दिन पहिलेदेखि नै पोखरीको घाटलाई सजाइएको थियो।

बैशाख ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्