जोसे मोरिन्हो टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त

जोसे मोरिन्हो इंग्लिस क्लब टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका छन् । उनी प्रशिक्षकमा नियुक्त भएको १७ महिनापछि बर्खास्त भएका हुन् ।

जोसे मोरिन्होले नोभेम्बर २०१९ मा माउरिसिओ पोकेतिनोको स्थान लिएका थिए । मोरिन्होको नेतृत्वमा गएको सिजन टोटनह्याम प्रिमियर लिगको छैटौँ स्थानमा पुगेको थियो ।

यो सिजन अहिले टोटनह्याम सातौँ स्थानमा छ भने गएको मार्चमा टिम युरोपा लिगबाट बाहिरिएको थियो ।

लिग कपको फाइनलमा टोटनह्यामले आउँदो अप्रिल २५ मा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

आइतबार टोटनह्यामसहित प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगमा सामेल हुने घोषणा गरेका थिए । मोरिन्हो बर्खास्त हुनुमा यो विषय भने कारक होइन ।

मोरिन्होका कोचिङ्ग स्टाफ जोआओ साक्रामेन्तो, नुनो सान्तोस, कार्लोस लालिन र गिओभानी सेरा पनि बर्खास्त भएका छन् ।

टोटनह्याम भन्दा पहिले मोरिन्होले म्यानचेस्टर युनाइटेड, चेल्सी, रियल मड्रिड, इन्टर मिलान र पोर्टोमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्