जर्ज फ्लोइडः फैसलाका लागि विमर्शमा जुरी, सुरक्षाव्यवस्था कडा

जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी डेरेक चोभनमाथि लागेको मुद्दाको सुनुवाईका जुरीले आफ्नो फैसलामाथि विचार गरिरहेका छन् ।

जुरी सदस्यहरुले आफ्नो रायसहितको फैसला अदालतलाई बुझाउनका लागि विचारविमर्श गरिरहँदा अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलस शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरि अदालत वरपर सुरक्षा कडा पारिएको छ । तारबार गरिएको छ भने अग्ला बार लगाइएको छ । यस्तै नेशनल गार्डका सुरक्षाकर्मीहरु हतियारसहित तैनाथ भएका छन् ।

सोमबार आफ्नो अन्तिम वकालतको क्रममा जर्ज फ्लोइड पक्षका वकिलले हत्या नै रहेको बताएका थिए । तर चोभन पक्षका वकिलले प्रहरी तालिम सही तरिकाले अनशरण मात्रै गरेको जिकिर गरेका छन् ।

प्रमुख वकिल एरिक लेल्सनले फ्लोइडलाई पक्राउ गर्ने क्रममा चोभन ‘जिम्मेवार प्रहरी अधिकारी’का रुपमा प्रस्तुत भएको जिकिर गरे ।

तर पक्षका वकिल स्टीभ श्लाइकरले जुरीलाई आफ्नो कमनसेन्स प्रयोग गर्न, जे देखियो त्यसलाई विश्वास गर्न आग्रह गरेका छन् ।

जर्ज फ्लोइडमाथि भएको व्यवहार कुनै पनि हालतमा प्रहरी नियमको पालनाका रुपमा लिन नसकिने र उनको हत्या भएको श्लाइकरले जुरी समक्षले बताए ।

जुरीले चोभनलाई दोषी ठहर वा सफाइ दिने जे फैसला गरे पनि अमेरिकाभर प्रदर्शन हुन सक्ने सम्भावना छ ।

सोमबार मिनेशोटाका गभर्नर टिम वाल्जले फैसलाअघिको सुरक्षा व्यवस्थाका लागि छिमेकी राज्य ओहायो र नेब्रास्काबाट सहयोग मागेका थिए ।

चोभनमाथिको मुद्दाको सुनुवाई १४ दिनसम्म चल्दा ४५ साक्षीले आफ्नो बयान दिएका छन् ।

४६ वर्षका फ्लोइडको गएको वर्ष प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो ।

४५ वर्षका चोभनले फ्लोइडलाई पक्राउ गर्ने क्रममा ९ मिनेट भन्दा धेरै समय घाँटीमा घुँडाले थिचेको भिडियोमा देखिन्छ ।
पूर्व प्रहरी अधिकारी चोभनले हत्या तथा नरशंहारको आरोप अस्वीकार गरेका छन् ।

चोभनका वकिलहरुले फ्लोइडको मृत्यु लागुऔषधको अत्याधिक प्रयोग तथा कमजोर स्वास्थ्य अवस्थाका कारण भएको र प्रहरीले बल प्रयोग गर्नै पर्ने बाध्यताका कारण गरेको बताउँदै आएका छन् ।

बैशाख ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्