काठमाडौँ– सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ यात्रा मंगलबारदेखि सुरु भएको हो।

कोरोना भाइरसको जोखिम बढेको हुँदा जनस्वास्थ्यका मापदण्डको पालना गरेर रथ यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार रथ यात्रामा सहभागी हुनेले अनिवार्य रुपमा मास्को प्रयोग गर्नुपर्नेछ।

रथ यात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै रथ यात्रा पुनः मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गर्ने प्रचलन रहेको छ।