काठमाडौँ– मंगलबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथ यात्रा हनुमान ढोका पुर्‍याइएको छ। आज रथयात्रा असनबाट हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि पुर्‍याइएको हो।

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु गरिन्छ। रथ यात्रालाई तेस्रो दिन बिहीबार हनुमान ढोकाबाट लगनटोल पुर्‍याइने छ।

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको अवस्थामा पनि रथ यात्रामा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि त्यसको पालना भएको छैन।