मोरिन्हो बर्खास्त भएपछिको पहिलो खेलमा टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । जोसे मोरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गरेपछिको पहिलो खेलमा जित निकालेको हो ।

रायन म्यासनको प्रशिक्षणमा पहिलो खेलमै टोटनह्यामले साउथह्याम्पटनमाथि २–१ को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि ६० औँ मिनेटमा ग्यारेथ बेलले बराबरी गोल गरे । त्यसअघि ३० औँ मिनेटमा ड्यानी इन्ग्सले साउथह्याम्पटनका लागि गोल गरेका थिए ।

९० औँ मिनेटमा पाएको पेनाल्टीमा सन हेङ्ग–मिनले गोल गरेपछि टोटनह्याम विजयी भयो ।

जितपछि ३३ खेलबाट ५३ अंक बनाएको टोटनह्याम छैटौँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानको वेष्ट ह्याम र चौथो स्थानको चेल्सीको सामान ५५ अंक छ ।

बैशाख ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्