आकाश खुलेपछि काठमाडौँबाटै देखिए सेताम्य हिमाल (तस्बिरहरु)

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ– वायु प्रदुषणका कारण धुवाँ र धुलोले ढाकिएको काठमाडाैँ उपत्यकाको आकाश खुल्न थालेको छ।

केहीदिन अघि पानी परेसँगै काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रको मौसममा सुधार आएको हो। बिहीबार र शुक्रबार काठमाडौँको आकाश सफा देखिएको थियो।

काठमाडौँको वायु प्रदूषणमा पनि कमि आएको छ। वायु प्रदूषण मापन गर्ने आईक्यू एयर डट कमका अनुसार शुक्रबार साँझ काठमाडौँको एक्यूआई एक सयभन्दा कम छ।

आकाश खुलेसँगै काठमाडौँबाट सेताम्य हिमालको दृश्यसमेत देखिएको छ।

बैशाख १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्