काठमाडौँ – पुनर्निर्मित धरहराको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गर्ने तय भएको हो।

उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको टुप्पो गएको आइतबार गजूर राखिएको थियो भने त्यसपछि रङरोगनको काम पनि भएको छ ।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कुल २२ तलाको धरहरा बनाइएको हो।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले धरहरा उद्घाटन तयारीका केही तस्बिर खिचेकी छन् ।