फाेटाे फिचर

धरहरा उद्घाटनमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ – पुनर्निर्मित धरहराको शनिबार उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले कुल २२ तलाको धरहरा बनाइएको हो।

धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका भए पनि सर्वसाधारणका लागि खुला हुन भने अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा धरहरा उद्घाटन समारोहका केही तस्बिरहरु देश सञ्चारकी फोटो पत्रकार वर्षा शाहले कैद गरेकी छिन्।

बैशाख ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्