म्यानचेस्टर सिटीले जित्यो लगातार चौथो सिजन लिगकपको उपाधि

लिग कप (इएफएल कप) फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोटनह्यामलाई १–० ले पराजित गरेर म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।
कीर्तिमानसँग बराबरी गर्ने चौथो पटक उपाधि जित्ने क्रममा घरेलु टोलीका लागि ८२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा यमरिक लापोर्टले गोल गरेका हुन् ।
म्यानचेस्टर सिटीले लगातार चार सिजन लिग कपको उपाधि जितेको हो । उसले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमानसँग बराबरी गरेको छ ।