अस्कर अवार्ड २०२१: विजेताकाे पूर्ण सूचि

चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) यो वर्ष विगतको भन्दा भिन्न देखियो। नियमित भन्दा झण्डै दुई महिना ढिला गरेर नेपाली समय अनुसार सोमबार बिहान ९३ औँ संस्करणको अस्कर अवार्ड भएको छ।

हलिउडको डल्बी थिएटर र लस एन्जलसको युनियन स्टेशनमामा सीमित अतिथिको उपस्थितिमा अवार्ड समारोह भएको हो। समारोहमा मनोनित र उनीहरुका पाहुना तथा प्रस्तुतकर्ताहरु सहभागी भएका छन्।

यो वर्षको अस्कर अवार्डमा इतिहास बनाउन सफल निर्देशक क्लोइज जाओको चलचित्र नोम्याडल्याण्ड सर्वाेत्कृष्ट घोषित भएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अवार्ड समारोहमा इतिहास भने रचिएको छ। क्लोइ जाओ नोम्याडल्याण्डका लागि सर्वोत्कृष्ट निर्देशक अवार्ड जितेर सो विधामा अवार्ड जित्ने पहिलो अश्वेत महिला बनेकी छन्।

सर्वोत्कृष्ट चलचित्र–नोम्याडल्याण्ड

सर्वोत्कृष्ट निर्देशक–क्लोइ जाओ (नोम्याडल्याण्ड)

सर्वोत्कृष्ट अभिनेता–सर एन्थोनी हप्किन्स (द फादर)

सर्वोत्कृष्ट अभिनेत्री–फ्रयान्सिस म्याकडोम्र्यान (नोम्याडल्याण्ड)

सर्वोत्कृष्ट सहअभिनेत्री– यू–जोङ्ग योन (मिनारी)

सर्वोत्कृष्ट सहअभिनेता–ड्यानिअल कालुया (जुडास एण्ड द ब्ल्याक मसाया)

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र–एनोदर राउण्ड (डेनमार्क)

बेस्ट ओरिजिनल स्क्रीनप्ले–एमिराल्ड फेनेल (प्रोमिसिङ्ग योङ्ग वुमन)

बेस्ट अडप्टेड स्क्रीनप्ले–क्रिष्टोफर ह्याम्पटन र फ्लोरियन जेलर (द फादर)

बेस्ट भिजुअल इफेक्ट्स–टेनेट

बेस्ट प्रोडक्सन डिजाइन–म्याङ्क

बेस्ट सिनेम्याटोग्राफी–म्याङ्क (एरिक मेसेर्स्मीड्ट)

बेस्ट एडिटिङ्ग–साउण्ड अफ मेटल (मिकेल इजी निएल्सन)

बेस्ट ओरिजिनल स्कोर–सोल (जोन बाटिस्ट, ट्रेन्ट रिज्नोर र अटिकस रस)

बेस्ट ओरिजिनल सङ्ग–फाइट फर यू (जुडास एण्ड द ब्ल्याक मसाया)

बेस्ट कस्ट्युम डिजाइन–मा राइनेज ब्ल्याक बटम

बेस्ट मेकअप एण्ड हेअरस्टाइलिङ्ग– मा राइनेज ब्ल्याक बटम

बेस्ट डकुमेन्ट्री फिचर–माइ अक्टोपस टिचर

बेस्ट डकुमेन्ट्री सर्ट–कलेट

बेस्ट एनिमेटेड फिचर–सोल

बेस्ट एनिमेटेड सर्ट फिल्म–इफ एनिथिङ्थ ह्यापेन्स आइ लभ यू

बेस्ट लाइभ एक्सन सर्ट फिल्म–टू डिस्टेन्ट स्ट्रेर्न्जर्स

बेस्ट साउण्ड–साउण्ड अफ मेटल

बैशाख १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्