काठमाडौँ– कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालमा अवस्था भयावह हुनसक्ने‍ संकेत देखिएको छ।

देशभर पछिल्लो २४ घण्टामा मात्रै ३५ सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको ज्यान गएको छ। संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालहरु संक्रमितले भरिएका छन्।

काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि बेडसमेत नपाउने अवस्था सिर्जना भएको छ।

आईसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितको संख्या पछिल्लो समय बढिरहेको कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका टेकु अस्पतालको कोभिड वार्डका केही तस्बिरः