पूर्वी नाका हुँदै नेपाल आउने भारतीय नागरिकलाई पूर्ण रोक

झापा – पूर्वी नेपालको काँकरभिट्टा नाका हुँदै नेपाल आउन चाहने भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ।

मंगलदेखि भारतीय नागरिकलाई नेपाल आउन पूर्ण रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालका अनुसार भारतबाट आउने नेपालीहरू भने आइरहेका छन्।

उनले भने, ‘घर आउन चाहनेलाई त रोक्न पनि मिलेन। तर उनीहरूको पिसिआर रिपोर्ट पनि हामी हेर्छौं।’

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उक्त कदम उठाउनु परेको उनले बताए।

नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारण कम भएकाले काँकरभिट्टा नाका ठप्प छ।

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्