‘हन्ड्रेट रुपिज’ ले पायो मुम्बई अन्तर्राष्ट्रिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक अवार्ड

काठमाडौँ – टीआर गौडेल निर्देशित नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले मुम्बई अन्तर्राष्ट्रिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक अवार्ड पाएको छ ।

टीआर गौडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा सर्वोत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरेको हो ।

टीआर गौडेल

चलचित्रमा दीया मास्के र सृष्टीशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन रविन आचार्यले गरेका हुन् ।

यसअघि सो सो चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको थियो । चलचित्रले बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ ।

बैशाख १५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्