फोटो फिचर

मध्यरातमा काठमाडौँ छोड्नेहरु (तस्बिरमा)

काठमाडौँ – कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै नियन्त्रणको प्रयासका लागि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाएको छ ।

बिहीबार बिहान ६ बजेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञा लागु हुनु पूर्व काठमाडौँ उपत्यकाबाट विभिन्न नाका भएर बाहिरिनेको संख्या अत्याधिक मात्रामा बढेको प्रहरी तथा यातायात व्यवसायीले बताएका छन् ।

सार्वजनिक तथा निजी सवारी साधानसहित बन्द हुने भएपछि काम तथा अध्ययनका लागि विभिन्न जिल्लाबाट आएकाहरु बाहिरिएका हुन् ।

कलंकी, गोंगबु, गौशाला, चाबहिल, कोटेश्वरसहितका क्षेत्रबाट उपत्यका बाहिर जाने सवारी साधान र यात्रुहरुको भिड बुधबार मध्यरातसम्मै देखिएको थियो ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बुधबार मध्यरातमा काठमाडौँबाट आफ्नो गृह जिल्ला जाने प्रयासमा रहेकाहरुको कलंकी क्षेत्रमा देखिएको गतिविधि केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।

बैशाख १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्