फोटो फिचर

काठमाडौँमा निषेधाज्ञा कडा: प्रहरी जाँच तीव्र, अत्यावश्यक बाहेकका सवारी साधन ‘होल्ड’

काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहीबारदेखि लागु गरिएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत भएको छ।

सडकमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको उपस्थिती बाक्लो देखिएको छ।

उनीहरुले चोक-चोकमा नियमविपरित चलेका अत्यावश्यक बाहेकका सवारी साधनलाई ‘होल्ड’ गरेर राखेका छन्। यसैगरि मास्क नलगाई हिँड्नेलाई पनि ‘होल्ड’ गरिएको छ।

उपत्यकामा कोरोना संक्रमण तीव्ररुपमा बढेपछि तीनवटै जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेका थिए। यसलाई सरकारले एक साता लम्ब्याएर वैशाख मसान्तसम्म पुर्‍याएको छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा निषेधाज्ञाको अवस्था झल्किने तस्बिरहरु खिचेकी छन् ।

 

बैशाख १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्