काठमाडौँ– पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीब्र बनेसँगै अस्पतालहरुमा अक्सिजनको माग बढेको छ।

अस्पतालहरुमा अक्सिजनको सपोर्टमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनको माग बढेको हो। यससँगै अक्सिजन उद्योग (प्लान्ट)मा कामको चाप बढेको छ।

माग बढेपछि लगनखेलमा रहेको सगरमाथा नेपाल प्रा.लि.मा कामदारहरु सिलिण्डर भर्न व्यस्त छन्। धमाधम खाली सिलिण्डरहरु भर्ने काम भइरहेको छ।