काठमाडौँ- नेपालमा कोरोना महामारीले भयावह रुप लिइरहेको छ। दैनिक संक्रमित र मृतकको संख्या बढिरहेको छ। बिहीबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

संक्रमितको संख्या बढेसँगै अस्पतालहरु खचाखच छन्। विरामीहरु उपचार नपाएर अस्पताल बाहिर छटपटिनुपर्ने अवस्था बन्दै छ। उता पशुपति आर्यघाटमा रहेको विधुतीय शवदाह गृहमा अन्तिम संस्कार गर्न भ्याई नभ्याई छ।

नेपाल आर्मीले शव व्यवस्थापनको काम गरिरहेको छ। सेनाले शव व्यवस्थापनको काम गरिरहँदा विधुतीय शवदाह गृह क्षेत्रमा मृतकका आफन्तको कारुणिक दृश्य देखिन्छ।

देश सञ्चारका फाेटाे पत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु: