रियलमीले ल्यायो विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्ट फोन

काठमाडौँ– रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्ट फोन उत्पादन गर्दै आएको छ।

नम्बर सिरिजदेखि सी सिरिजसम्मको इन्ट्री लेभलका स्मार्ट फोनदेखि मिडरेज उपकरणको उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।

रियलमी सेभेन–सेभेन आई दुबै स्मार्ट फोनलाई बजारमा एकदमै रुचाइएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार बेस्ट सेलरका रूपमा यसका हजारौँ मोबाइल सेट विक्री भएका छन्, प्रयोगकर्ताले प्रशंसनीय फिडब्याक पनि दिएका छन्।

रियलमीका यी फोन ८ जीबी र्‍याम, १२८ जीबीफोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन्।

यसमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियोजी ३५ चिसपेटद्वारा सञ्चालित छन्।

बैशाख १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्