अतिरिक्त समयको इन्जुरी गोलले आरबी लेइप्जिग जर्मन कपको फाइनलमा

आरबी लेइप्जेग जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल अन्तर्गत शुक्रबार राति भएको खेलमा अतिरिक्त समयको खेलमा वेर्डेर ब्रेमेनलाई २–१ ले पराजित गरि आरबीले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा खेल धकेलियो । ९३ औँ मिनेटमा ह्वाङ्ग ही–चानले गोल गरि आरबीलाई अग्रता दिलाए ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्रेमनका लागि बिट्नेकोर्टले बराबरी गोल गरे । तर दोस्रो हाफको इन्जुरी समयमा फोर्स्बर्गले गोल गरेपछि आरबी विजयी भयो ।

आरबीले उपाधिका लागि बोरुसिया टर्डमुण्ड वा होल्स्तेइन किएलसँग प्रतिस्पर्धा गर्ने छ।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्