२८० जनाको स्वाव परीक्षण गर्दा १९३ जनामा संक्रमण

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा शुक्रबार राति गरिएको परीक्षणमा थप १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ सय ८० जनाको स्वाब परीक्षण गर्दा १ सय ९३ जनामा कोरोना पुष्टि भएको अस्पतालका कोभिड सैयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

संक्रमण देखिनेमा सबै भन्दा बढी पर्सा जिल्लाका १ सय ५१ जना रहेका छन्।

यस्तै बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनका २ तथा नवलपरासी र बर्दियाका एक एक जनामा संक्रमण देखिएको डा. दासले बताए।

 

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्