तत्काल देशव्यापी लकडाउनमा जान भारतलाई डा‍. एन्थाेनी फाउचीकाे सुझाव

अमेरिका राष्ट्रपति जो बाइडन प्रशासनका चिकित्सा सल्लाहकार तथा प्रख्यात महामारी विशेषज्ञ डाक्टर एन्थाेनी फाउचीले भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल केही हप्ताको लकडाउन जरुरी रहेको बताएका छन्।

उनले केही देशहरुले लकडाउन नचाहेका भए पनि भारतमा तुरुन्तै गरिने केही हप्ताको लकडाउनले संक्रमणको चक्र तोड्न सक्ने बताएका हुन्।

त्यसपछि भारतलाई कठिन र निराशाजनक स्थितिबाट बाहिर निस्कनका लागि तात्कालीक, मध्यवर्ती र दीर्घकालीन महत्वपूर्ण कदम उठाउन समय मिल्ने उनको दाबी छ।

डाक्टर फाउची अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ हुन्। उनले अमेरिकाका सात राष्ट्रपतिसँग काम गरिसकेका छन्।

अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसलाई दिएको एक साक्षात्कारमा उनले भारतको कोरोना महामारीको अवस्थाबारे कुरा गरेका हुन्।

उनले अहिले विश्व समुदायले भारतलाई सहयोग गर्नुपर्ने बताएका छन्। महामारीको सुरुवाती समयमा भारतले अरु राष्ट्रलाई सहयोग गरेर उदारता देखाएको उनले बताए।

भारतमा चीनले जस्तै तुरुन्तै अस्पताल निर्माण र स्वास्थ्यकर्मीको परिचालन गरिनुपर्ने उनले बताए।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्