पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुख

काेमल शाह । फाइल तस्बिर

काठमाडौँ– पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

अस्पताल स्रोतका अनुसार कोमल शाहलाई सघन उपचार कन्द्रमै राखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार देखापरेको छ।

र छोरी प्रेरणा र पूर्वराजा शाहको स्वास्थ्य स्थितिमा सन्तोषजनक प्रगति भएको स्रोतले बतायो।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्