भेरी अस्पतालमा जुम्लाबाट डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी आउँदै

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा स्वास्थ्यकर्मीको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट २२ जना आउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानबाट डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी भेरीमा पठाउन लागेको हो।

स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक मानबहादुर नेपालीले चार जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मीलाई जुम्लाबाट भेरीमा खटाइएको जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मी एक–दुई दिनमै आइपुग्नेछन्। भेरी अस्पतालका धेरै जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि जनशक्तिको अभाव भएको छ।

अस्पतालले आफै पनि डाक्टरसहित ६० जना करारमा नियुक्ति गर्दैछ। रिक्त रहेको २३ जनाको दरबन्दी पूर्ति गर्न दरखास्त आह्वान गरिसकेको छ।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्