अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने

काठमाडौँ – अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाईंमा सघाउन आफ्नो देशले अतिरिक्त सहायता स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन्।

शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाईंमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताए।

‘कोभिड–१९ विरुद्ध ठूलो संघर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्छ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उनको ट्विटमा भनिएको छ।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्