भारतीय नम्बर प्लेटको कारभित्र तीन बालकको शव फेला

सांकेतिक तस्बिर

दाङ– तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीन वटा शव फेला परेका छन्।

भारतीय नम्बर प्लेट जे ०१ ६६ ०८८५ नम्बरको निशान कारभित्र शव रहेको खबर आएपछि घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको अनुसन्धान सुरु भएको दाङका एसपी गणेश चन्दले बताए।

‘घटनाको बारेमा अनुसन्धान सुरु भैसकेको छ। भारतीय नम्बर प्लेटेको कारभित्र बच्चाको बडी छ,’ उनले भने, ‘सबै सावधानी अपनाएर घटनाको अनुसन्धान हुन्छ।’

घटनास्थलमा ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोली परिचालन भएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपी चन्दसमेत घटनास्थलमा पुगेका छन्।

पार्किङ्ग गरेको गाडीमा शव भेटिएका हुन्। कार गत माघ महिनादेखि पार्किङ्ग गरिएको पाइएको छ। शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बैशाख १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्