अस्कर विजेता अभिनेत्री ओलम्पिया डुकाकसको निधन

अस्कर अवार्ड विजेता अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको निधन भएको छ ।

सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मूनस्टकका लागि अस्कर अवार्ड जितेकी ओलम्पियाको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

ओलम्पियाले रगंमञ्चमा लामो र सम्मानित अवधि बिताइन् कलाकार तथा निर्देशकका रुपमा । उनले आफ्नो उमेरको ५० को दशकका मूनस्टकसहितका सफल सफल कमेडी चलचित्रमा काम गरिन् ।

उनले पछिल्लोपटक नेट्फिलिक्सको टिभी सिरिज टेल्स अफ द सिटीमा ट्रान्सजेण्डर ल्याण्डलेडीको भूमिका निर्वाह गरेकी थिइन् ।

उनका भाइ अपोलो डुकाकसले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरी प्यारी दिदी ओलम्पिया डुकाकसको आज बिहान (शनिबार) न्यूयोर्क सिटीमा निधन भयो । धेरै महिना स्वास्थ्य समस्यासँग जुधेपछि अन्ततः दिदीले शान्ति प्राप्त गरेकी छन् ।’

ओलम्पियाको सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्म भएको हो।

My beloved sister, Olympia Dukakis, passed away this morning in New York City.

After many months of failing health she is finally at peace and with her Louis.

Posted by Apollo Dukakis on Saturday, May 1, 2021

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्