उपचारको क्रममा कोभिड संक्रमण, आइशोलेशनमा मृत्यु

सांकेतिक तस्बिर।

दाङ – राप्ती गाउँपालिका–५ कालापानी निवासी पुनी विश्वकर्माको मृत्यु भएको छ।

वैशाख ६ गते भएको आगलागीमा जलेर घाइते भएकी पुनीलाई उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोभिड–१९ को एनटिजेन परीक्षण गरिएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि राप्ती गाउँपालिकाले सिसहनिया स्वास्थ्य चौकीले सञ्चालन गरेको आइशोलेसन वार्डमा शनिबार भर्ना गरिएको थियो ।

भर्ना गरिएको राति नै पुनीको मृत्यु भएको सिसहनिया प्रहरी चौकीले जनाएको छ। आगलागीमा परेर घाईते भएकी पुनीकी डेढ वर्षे छोरी विनाको उपचारको क्रममा यसअघि मृत्यु भएको थियो ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्