जनकपुर – कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

वैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको प्रजिअ बास्तोलाले बताए । यस अवधिमा बिहान १० बजेसम्म खाद्यान्यको पसल भने सञ्चालनमा गर्न दिने निर्णय भएको छ । हाटबजार भने पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

औषधि पसल, स्वास्थ्य संस्थाहरु भने पूर्ण रुपमा खुल्ने जनाइएको छ । सरकारी कार्यालयको हकमा एक चौथाई कर्मचारीको उपस्थितिमा अत्यावश्यक काम हुने, बैंकहरुमा समेत नगदको काम मात्र हुने निर्णय भएको प्रजिअ बास्तोलाले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा एम्बुलेन्स, मालबाहक गाडी, अतिआवश्यक बाहेकका अन्य सबै गाडी बन्द हुने निर्णय भएको छ ।

पछिल्लो समय धनुषामा कोरोना संक्रमित अत्याधिक बढेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार धनुषामा ४ सय ३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्