आइसोलेसनका लागि होटलहरु उपलब्ध गराउन सरकारको आग्रह

काठमाडौँ- नेपालमा कोरोना संक्रमण तिव्र गतिमा बढिरहेका बेला सरकारले होटलहरुलाई आइसोलेसन सेन्टर बनाउने तयारी अगाडि बढाएको छ। त्यसका लागि सरकारले होटल एसोसिएसन अफ नेपाल-हानलाई औपचारिक आग्रह गरेको बुझिएको छ।

बढ्दो संक्रमणसँगै उपलब्ध अस्पतालहरुमा विरामी राख्ने ठाउँसमेत नभएपछि सरकारले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्ने तयारी अगाडि बढाएको हो।

स्रोतका अनुसार आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्न दिन इच्छुक होटलहरुको विवरण संकलन गर्ने कामहरु भइरहेको छ। होटललाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरेबापत स्तरअनुसार उनिहरुलाई खानेबस्ने खर्च उपलब्ध गराइने जनाइएको छ।

संक्रमण बढिरहेका बेला गम्भिर बिरामीहरु अक्सिजनको अभावमा ज्यान गुमाउने अवस्था बनिरहेको छ। अस्पतालका आईसीयू तथा भेन्टिलेटरहरु प्याक भइसकेका छन्। इमर्जेन्सीमा भर्ना गरिएका विरामीलाई सामान्य उपचारपछि अस्पतालले अन्य ठाउँमा लैजान भनिरहेका छन्।

बैशाख १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्