काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु भएको चौथो दिन आइतबार दिनभर सडकमा मानिसहरुको कम उपस्थिति देखिएपनि साँझपख सडक किनारमा पैदल यात्रुहरुको बाक्लो उपस्थिति देखिएको छ।

ठाउँ ठाउँमा बसेका सुरक्षाकर्मीले सवारी साधनमाथि कडा निगरानी राखेको देखियो। नियमविपरीत हिँडेका सवारी साधनलाई होल्डिङ सेन्टरमा साँझसम्म राखिएको छ।

मोटरसाइकल यात्रुहरु अक्सिजनको सिलिण्डर बोकेर यताउता गरेको पनि देखियो। पछिल्लो समय अस्पतालका बेडहरु प्याक भइसकेको अवस्थामा मानिसहरु घरमै अक्सिजन सिलिण्डर राखेर स्वासप्रश्वास सहज बनाउन बाध्य छन्।