वीरगञ्ज – पर्सासँग सिमाना जोडिएको छिमेकी जिल्ला बारामा पनि पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ।

बारामा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ सय ६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिए।

आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा जिल्लामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

संक्रमित मध्ये अधिकांश घरमै रहेका छन्। ३७ जना मात्रै अस्पताल भर्ना भएका बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

‘जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहले आइसोलेशन बनाएका छैनन्, कलैया अस्पतालमा पनि हालसम्म स्रक्रमितहरुको उपचार भइरहेको छैन,‘उनले भने,अधिकांश संक्रमितहरु होम आइसोलेशनमा बसेका छन्।’

कोरोना संक्रमणको दोस्रो चरणमा हालसम्म बारामा ३ जना महिला र ४ पुरुष गरि ७ जनाको ज्यान गएको छ।

 

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्