काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको छ। संक्रमण दर बढेसँगै मृत्युदर समेत बढेको छ।

देशभर लगातार कोरोनाबाट ज्यान गुमाउनहरुको संख्या बढिरहेको छ। कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टी नेपाली सेनाको टोलीले गर्दै आएको छ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो। तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ।

शवदाह गृहमा चाप बढेपछि पशुपतिस्थित बागमती किनारमा शव जलाउन थालिएको हो। सोमबार दिउँसो बागमती किनारमा एकैपटक चारवटा शव जलाइएको थियो।

Dead body_covid victim_cremated_pashupatinath Dead body_covid victim_cremated_pashupatinath Dead body_covid victim_cremated_pashupatinath Dead body_covid victim_cremated_pashupatinath Dead body_covid victim_cremated_pashupatinath Dead body_covid victim_cremated_pashupatinath