निर्देशक कश्यपले क्लास लिने

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन्।

आउँदो २३ गतेदेखि सुरु हुन लागेको फेस्टिभलमा कश्यपले क्लास लिने भएका हुन्।

कोरोनाका कारण अनलाइनमार्फत हुन लागेको कार्यक्रमको नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुनेछ।

उनले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता फिल्मको पटकथा तथ संवाद लेखेका थिए।

कश्यपको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट अभूतपूर्व चर्चा पाएका थिए। फेस्टिभल २७ गतेसम्म चल्नेछ ।

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्