विराटनगर – प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ३ सय ३० जनाको पीसीआर परीक्षणका क्रममा २ सय ७७ महिला र ३ सय ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसक्रममा मोरङमा २ सय ८२, झापामा १ सय ५१, सुनसरीमा १ सय १, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ९७ महिला र १ सय २९ पुरुषसहित २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, सुन्दरहैचामा २०, जहदामा ७, बूढीगंगा र उर्लाबारीमा समान ५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा समान ३, लेटाङ, रंगेली र सुनबर्षीमा समान २, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेकामा समान १ जनाको पीसीआर परीक्षण पोजिटिभ आएको छ। झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा समान ११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बाह्रदशीमा समान २, गौरीगञ्ज र झापा गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा समान ४, दुहवी र गढीमा समान ३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरी, पहाडी क्षेत्रतर्फ, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा समान २, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, सहिदभूमि र साघुरीगढीमा १, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा समान १, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुम र भोजपुरमा समान १, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय ४१ पुगेको छ।

 

बैशाख २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्