वेष्टह्याम युनाइटेड जितसहित शीर्ष चारको होडमा कायम

शीर्ष चारमा अटाएर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आश वेष्टह्याम युनाइटेडले जीवितै राखेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका हुन् । उनले २१ र २९ औँ मिनेटमा गोल गरे ।

खेलमा सुरुवाति अग्रता भने बर्नलीले लिएको थियो । उसका लागि १९ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए ।

जितपछि पाँचौँ स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ ।

सोमबार राति नै भएको खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्