भ्यालेन्सियाले बर्खास्त गर्‍यो प्रशिक्षक ग्रासिया

स्पेनिस क्लब भ्यालेन्सियाले प्रशिक्षकबाट हावी ग्रासियालाई बर्खास्त गरेको छ । ग्रासियाले मात्रै १० महिना भ्यालेन्सियाको प्रशिक्षक जिम्मेवारी बहन गरे ।

आइतबार राति ला लिगा अन्तर्गतको खेलमा भ्यालेन्सिया बार्सिलोनासँग ३–२ ले पराजित भएको थियो । सो पराजयपछि भ्यालेन्सिया रेलिगेशन जोनमा रहेका क्लब भन्दा मात्रै ६ अंकले अघि रहेको छ ।

ग्रासियाको प्रशिक्षणमा यो सिजन भ्यालेन्सियाले मात्रै ८ खेलमा जित दर्ता गरेको छ ।

६ पटकको स्पेनिस च्याम्पियन भ्यालेन्सिया हाल लिगको १४ औँ स्थानमा छ । अब चार खेल मात्रै बाँकी रहँदा भ्यालेन्सिया संकटमा देखिएको छ ।

तत्कालका लागि सहायक प्रशिक्षक साल्भाडोर गोन्जालेजले प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्