काठमाडौँबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु

झापा – ६ दिन अघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ।

काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको थियो।

वैशाख १५ गते हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापा शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको मृत्यु भएको हो।

मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो।

सोमबार नै पनि काठमाडौँबाट झापाका अर्का कोरोना संक्रमितलाई पनि काठमाडौँबाट बिएण्डसी ल्याइएको छ। उनी काठमाडौँको मनमोहन अस्पतालमा उपचाररत थिए।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्