सिमकोट – चिनो छर्ने जग्गामा हुम्लाका किसानहरुले व्यवसायीक आलु खेती गर्न थालेका छन् । चिनो भन्दा आम्दानीका हिसाबले आलु आकर्षक हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका हुन् ।

यसपाली चिनो छर्नु पर्ने दुई रोपनी जग्गामा आलु खेती गरेको सिमकोट गाउँपालिका–५ का किसान मत्तिउ रोकायाले बताइन् ।

चिनोको उत्पादन घटेको, दुःख पनि बढी गर्नु पर्ने र आम्दानी पनि आलु भन्दा कम हुने देखिएपछि आलु खेती गरिएको उनले बताइन् ।

आलुबाटै राम्रो आम्दानी हुने देखिए पनि सिमकोट–५ का किसानले ३० रोपनी जग्गा भएको उदाचौरमा व्यवसायीक आलु खेती सुरु गरेको वडा अध्यक्ष कृष्णबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार राम्रो आम्दानी हुने भएकाले रैथाने बालीका स्थानमा किसानले आलु खेती लगाउन थालेका हुन्। चार सय घरधुरी रहेको सिमकोट गाउँपालिका–५ को तल्लो गाउँका अधिकांस किसानहरु आलु खेतीमा लागेका छन् ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्