कोहलपुर मेडिकल कलेजमा चारजना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा रातभरिमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बाँके र दुई जना कैलाली जिल्लाका छन् ।

वैशाख १४ गते पीसीआर गरिएका कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुषलाई १५ गते भर्ना गरिएको थियो । उनको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको ११ः४० बजे मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो ।

कैलाली धनगढीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई २० गते भर्ना गरिएको थियो । उनको मंगलबार बिहान ४ः३० बजे मृत्यु भएको छ ।

बाँके बैजनाथ गाउँपालिका–५ का ६२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई २० गते भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट एक सय ४१ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या एक सय २५ पुगेको छ ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्