होम आइसोलेसनबाट अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु

सांकेतिक तस्बिर।

नेपालगञ्ज – बाँकेमा ६९ वर्षीय पुरुषको होम आइसोलेसनबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ।

खजुरा गाउँपालिका वडा नम्बर २ का उनलाई वैशाख १९ गते बागेश्वरी ल्याबबाट कोरोना पुष्टि भएको थियो ।

उनलाई होम आइसोलेसनमा राखिएको थियो । सोमबार राति ११ः३० बजे उनको घरबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ।

वैशाख १७ गते अस्पतालमा भर्ना गरिएका उनको १८ गते पीसीआर जाँच गरिएको थियो। उनको मंगलबार बिहान ९ बजे मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्