न्याय परिषद् सदस्य खड्काको कोरोना संक्रमणका कारण निधन

काठमाडौँ – न्याय परिषद् सदस्य लक्ष्मीबहादुर खड्का (निराला)को निधन भएको छ।

उनको कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी अस्पताल बलम्बुमा निधन भएको हो।

एक हप्तादेखि अवस्था जटिल भएका उनको मंगलबार बिहान उपचारका क्रममा निधन भएको न्याय परिषद् श्रोतले जानकारी दिएको छ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्