माओवादी केन्द्रले बोलायो स्थायी कमिटि बैठक

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटि बैठक बोलाएको छ।

मंलगलबार अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटि बैठक बोलाइएको हो।

पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको एक माओवादी नेताले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि दलहरु छलफलमा छन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्