भक्तपुरको सूर्यविनायकमा बन्द कोठाभित्र तीनजना अचेत अवस्थामा, एकजनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ- भक्तपुरको सूर्यविनायक नगरपालिका-१० मिलनचोकमा बन्द कोठाभित्र अचेत अवस्थामा भेटिएका तीनजनामध्ये एकजनाको मृत्यु भएको छ।

काभ्रेको तिमाल गाउँपालिका-३ गुडुवाल स्थायी घर भएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। ४० वर्षीया शान्ती माया ब्लोन तामाङ  र १८ वर्षीया अनिता तामाङको अवस्था सुधारउन्मुख रहे पनि खतरामुक्त नरहेको प्रहरीले जनाएको छ।

सुनिता र अनिता, शान्तिका छोरी हुन्। विवाहित दुवै जना माइत बस्दै भएका थिए। आइतबार राति ११ बजे सलाम तामाङले श्रीमती शान्तीलाई फोन गर्दा नउठेपछि उनले छिमेकीलाई खबर गरि बोलाउन पठाएका थिए। त्यसक्रममा तीनै जना बेहोस् अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार उपचाररत अनिता केही समयअघि मात्र सुत्केरी भएकी हुन्। उनीहरुले कोइला बालेर सुत्दा बन्द कोठामा अक्सिजन कमी भई ज्यान गएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। प्रहरीका अनुसार घटना भएकै दिन अनिताले आफ्नो नवजात शिशुलाई पालन पोषणका लागि आफन्तको जिम्मा लगाएकी थिइन्।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्