मेक्सिकोमा रेल दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

मेक्सिको राजधानी मेक्सिको सिटीमा मेट्रो रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । रेल गुडिरहेका बेला ओभरपास भत्किएर दुर्घटना भएको हो ।

रेलका डिब्बाहरु खस्दा तलरहेको कम्तीमा एउटा कार च्यापिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

व्यस्त सडकमा रेलका डिब्बाहरु खस्दा धेरै घाइते भएका हुन् । सोमबार अबेर राति भएको दुर्घटनामा ७० जना घाइते भएका छन् ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्