आइपिएल क्रिकेट अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरसको संक्रमण खेलाडीमा पनि फैलिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट रोकिएको छ ।

जारी संस्करणको आपिएल क्रिकेट अनिश्चितकालका लागि स्थगित गरेको हो । आपिएलका प्रमुख बृजेश पटेलले संक्रमणका घटना पुष्टि भएपछि लिग तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।

बीसीसीआईका पूर्व उपाध्यक्ष राजीव शुक्लाले पनि आइपिएल अनिश्चितकालका लागि स्थगित गरिएको बताएका छन् ।

बैशाख २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्